April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७९ माघ १९

502

काठमाडौंः वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपालले (स्ववियु निर्वाचन किन र कस्तो ?) भन्ने विषयमा आयोजना गरेको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौंको पद्म कन्या बहुमुखी क्याम्पसमा उक्त अन्तक्रिया कार्यक्रमको आयोजना भएको हो ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिँदै गर्दा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली कांग्रेस निकट नेवि संघ, नेकपा एमाले निकट अनेरास्ववियु,एकिकृत समाजवादी निकट अनेरास्ववियु,नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी,नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट अखिल क्रान्तिकारी,नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी,अखिल पाँचौ,अखिल छैठौँ लगायतका विद्यार्थी संगठनका नेताहरुको उपस्थिति रहेको थियो भने शिक्षाविद् विद्यानाथ कोईरालाको पनि उपस्थिति रहेको थियो ।

सुरुवातमा स्ववियु निर्वाचन किन र कस्तो ? भन्ने विषयमा वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक करण बुढा क्षेत्रीले कार्यपत्र प्रस्तुत गरेका थिए भने त्यसपश्चात उपस्थिित सम्पुर्ण विद्यार्थी संगठनका प्रतिनिधिहरुले आआफ्ना विद्यार्थी संगठनका धारणा राखेका थिए ।