August 9, 2026, Sunday
२०८३ श्रावण २४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

सन्दीपको निलम्बन फुकुवा तत्काल फिर्ता लिनुपर्छः महामन्त्री थापा

२०७९ माघ २०

428

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएर नेपाल क्रिकेट संघ क्यानले गलत गरेको बताएका छन् । हतारोमा गलत निर्णय भएको भन्दै उनले तत्काल फिर्ता लिन माग गरेका हुन् । अदालतमा विचाराधीन मुद्दाका अभियुक्तलाई क्यानले निलम्बन फुकुवा गरेको सम्बन्धमा धेरैले आफ्नो धारणाबारे प्रश्न गरेको भन्दै थापाले ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्, ‘मेरो धारणा प्रष्ट छ, बलात्कार जस्तो गम्भीर अभियोग लागेका व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउनु हुन्न ।’ उनले लेखेका छन् ।

एक साताअघि कांग्रेस जिल्ला सभापति समेत रहेका क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई भेटेर अदालतको फैसला नआउँदासम्म हतारमा कुनै पनि निर्णय नगर्न आग्रह गरेको उनले बताएका छन् । कांग्रेस महामन्त्री थापाले भनेका छन्, ‘उहाँले यस खालको निर्णय नगर्ने बताउनु भएको थियो, तर त्यसो हुन सकेन ।’ थापाले अघि भनेका छन्, ‘पुन दोहो¥याउन चाहन्छु, बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको बेला क्यानले हतारोमा गरेको निर्णय गलत छ, तत्काल फिर्ता लिनुपर्छ ।’