October 27, 2025, Monday
२०८२ कार्तिक १०
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

समयमै उपचार नपाउँदा बाजुरामा गर्भवतीको मृत्यु

२०७९ माघ १०

380

काठमाडौंः बाजुरा जिल्लाको बडीमालिका नगरपालिका १ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृत्यु भएको बताएका हुन् ।

विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुङ्गानाले विकको अस्पताल आउनु अघि बाटोमै मृत्यु भइसकेको र बच्चा पनि पेटमै मृत्यु भइसकेको जानकारी दिए । विक मुटु सम्बन्धी रोगका पनि रोगी थिइन् ।