January 22, 2026, Thursday
२०८२ माघ ८
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

स्वास्थ्यमन्त्रीद्वारा भेरी अस्पतालको डायलाइसिस कक्ष उद्घाटन

२०७९ माघ ८

358

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले भेरी अस्पताल नेपालगन्जको डायलाइसिस कक्षको उद्घाटन गरेका छन् ।

अस्पतालको सेवालाई सर्वसुलभ र पहुँचमैत्री बनाउने उदेश्यसहित डायलाइसिस सेवालाई चार सय गुणाले वृद्धि गरिएको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसदहरु सुर्य ढकाल, डा धवलशम्शेर राणा र दीपा शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेल, महानिर्देशक डा दिपेन्द्र रमण सिंह, नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरी, उपनिर्देशक डा रोशनलाल चौधरीलगाएतको उपस्थिती थियो ।

कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले अस्पतालको हालको अवस्था, अस्पतालले प्रवाह गरिरहेको सेवा, समस्या र भावी योजनाबारे जानकारी गराएका थिए ।