October 1, 2026, Thursday
२०८३ आश्विन १५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

उदयपुरका स्थानीय बासिन्दाले निर्वाचन बहिष्कार गर्ने !

२०७९ कार्तिक १६

812

उदयपुर: गत स्थानीय तहको निर्वाचनमा उदयपुरमा गोली चल्दा एक जनाको मृत्यु भएको मतदानस्थलबाट मतदान गर्ने एउटा वडाका सम्पुर्ण बासिन्दाले आगामी मंसिर ४ गते हुने चुनावलाई बहिस्कार गर्ने भएका छन् । कटारी नगरपालिका १० का राजनीतिक दलहरुको संयुक्त बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतदानका दिन कटारी १० को जनता कालिका मावि सोरुङ्ग मतदान केन्द्रमा प्रहरीको गोलीबाट वीरबहादुर कटुवालको ज्यान गएको थियो भने उक्त घटनामा मोहनबहादुर श्रेष्ठ घाइते भएका थिए । घटना पश्चात स्थानीयबासिन्दाले मतपेटिका उठाउन नदिई शव समेत घटनास्थलबाट उठाएका थिएनन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव सहितको सुरक्षा निकायको वार्तापछि सहमति मार्फत मतगणना अघि बढेको थियो ।

घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, दोषिलाई निलम्बन गरी कारबाही प्रकृया अघि बढाउन गृह मन्त्रालयलाई लेखी पठाउने, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा मृतकलाई शहीद घोषणा गर्ने, घटनाका घाइते मोहनबहादुर श्रेष्ठलाई उपचार र क्षतिपूर्ति नेपाल सरकारबाट गराउने सहमति भएको थियो । सो सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै वडाका दलहरुले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको कांग्रेसका वडा सभापति बलबहादुर खत्रीले जानकारी दिएका छन् ।