April 16, 2026, Thursday
२०८३ बैशाख ३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

एपीएफ अपराजित रहँदै फाइनलमा प्रवेश

२०७९ माघ १२

438

काठमाडौंः विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालाको कभर्ड हलमा बिहीबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३-० को साझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

साबिकको बिजेता एपीएफले पहिलो सेट २५–१३, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–२१ को जित निकाल्न सफल भयो ।

अब एपीएफले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग शनिबार खेल्नेछ ।

दोस्रो सेमिफाइनलमा अहिले विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यु डायमण्ड स्पोर्ट्स क्लबबीचमा खेल भईरहेको छ ।

बिहीबार नै पुरुषतर्फ राउन्ड रोविन लिगको अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

महिला र पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५र५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही २५ हजार नगद प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई पनि जनही १० हजार नगद र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।