September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

चीनसँग व्यावसायिक सम्बन्ध विकास हुनु अवसर होः उपराष्ट्रपति पुन

२०७९ कार्तिक २४

614

काठमाडौं:उपराष्ट्रपति नन्दबहादुर पुनले चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु नेपालका लागि ठूलो अवसर भएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल चीन उद्योग वाणिज्य सङ्घको २३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संसारमा निकट भविष्यमै विश्वको आर्थिक महाशक्तिको नेतृत्व गर्ने उद्देश्य बोकेको चीनसँग नेपालको व्यावसायिक सम्बन्ध विकास हुनु अवसर भएको बताएका हुन् । उनले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रको भूमिका अझै प्रभावकारी बन्ने धारणा राखे ।

उपराष्ट्रपति पुनले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएको नेपालको व्यापार अवस्था भने सन्तोषजनक नरहेको उल्लेख गरे । प्रत्येक नेपालीको आर्थिक सामाजिक रूपान्तरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि नेपाली अर्थतन्त्रमा व्यापक सुधार गर्नुपर्ने उनको भनाई छ । साथैै उनले कृषिजन्य उत्पादन, जडीबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने समेत बताएका छन् ।