काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चा,दाङ जिल्लाको दोस्रो भेला सम्पन्न भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिकामा जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका केन्द्रीय सचिव प्रेमकुमार गैरे र लुम्बिनी प्रदेश संयोजक डोलराज विश्वकर्माको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले अर्जुन विश्वकर्माको संयोजकत्वमा १९ सदस्यीय जिल्ला समितिको गठन गरेको छ । त्यस्तै सचिवमा निलम सेन्चुरी र सदस्यहरुमा शक्ति विश्वकर्मा,शालिकराम विश्वकर्मा,प्रेमबहादुर सुनार,प्रिया महर,भिम कुमार विश्वकर्मा,राधिका विश्वकर्मा,नविन विश्वकर्मा,मनिषा रसाईली,देवराज विश्वकर्मा,केशर घर्ती,निरुता विश्वकर्मा,बसन्ती सेन्चुरी,गणेश विश्वकर्मा,प्रेमबहादुर सार्की,विकाश विश्वकर्मा,बल बहादुर परियार र अस्मित विश्वकर्मा रहेका छन् ।




