June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मुलन मोर्चाद्वारा आयोजित कार्यक्रम केही बेरमा सुरु हुँदै

२०७९ कार्तिक १९

2.2K

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चाले आयोजना गरेको ”संसदीय निर्वाचन र जात व्यवस्था उन्मुलनको प्रश्न” विषयक विचार गोष्ठी कार्यक्रम काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको भवनमा सुरु हुने भएको छ ।

केहीबेरमै सुरु हुने उक्त कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुती,माओवादी कम्युनिस्ट पार्टीका संरक्षक गोपाल किराँती,नेकपा क्रान्तिकारी माआवादीका पोलिट्ब्युरो सदस्य अम्बिका मुडभरी र नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य अनिल शर्मा विरही वक्ता रहेका छन् ।