August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

नेकपा एमालेले चुनावी अभियान आजबाट सुरु गर्दै

२०७९ कार्तिक १८

652

नेकपा एमालेले चुनावी अभियान आजबाट सुरु गर्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । उक्त चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो ।

पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले दार्चुलाको सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ ।

चुनाव अभियानको लागि बिहीबार राति धनगढी पुगेका ओली शुक्रबार बिहान ११ बजे हेलिकोप्टर मार्फत दार्चुला प्रस्थान गर्ने कार्यतालिका रहेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका एक नेताले जानकारी दिए । साथै ओलीले शुक्रबार नै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा पनि चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।