September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

नेपाल आयुर्वेद औषधि व्यवसायी संघमा नयाँ कार्यसमिति चयन

२०७९ माघ १५

436

काठमाडौं  । नेपाल आयुर्वेद औषधि व्यवसायी संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको शनिबार सम्पन्न पाँचौ केन्द्रीय अधिवेशनले रामचन्द्र बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

संघको वरिष्ठ उपाध्यक्षमा बालचन्द्र अधिकारी, महिला उपाध्यक्षमा निर्मला केसी, उपाध्यक्षमा गंगाप्रसाद ढकाल, महासचिवमा लेखनाथ भुसाल, सचिवमा कृष्ण तिमिल्सिना र सरोज यादव, कोषाध्यक्षमा उमाशंकर प्रसाद साह, सहकोषाध्यक्षमा वेदव्यास सुवेदी चयन भएका छन्।

यसैगरी, प्रदेश सदस्यहरुमा विष्णुकुमार कार्की, महम्मद जहागिर राँकी, धनबहादुर कुमाल, गिरिराज शर्मा भट्टराई, शेरबहादुर खड्का र जयराज भट्ट चयन भएका छन्।

खुला सदस्यमा मधु वस्ती, रविन्द्र देसार, कमलप्रसाद ओली, डिल्ली प्रसाद घिमिरे र लक्षबहादुर विक चयन भएका छन् भने आरक्षण सदस्य तर्फ रणदेव हजाम, चुडाराज खनाल, नीता विश्वकर्मा, गोमा घिमिरे र मिङ्मा भोटे चयन भएका छन्।