June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

२०७९ कार्तिक १७

376

पाकिस्तानका पुर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । पाकिस्तानको पुर्वी सहर वजिराबादमा एक विरोध जुलुसका क्रममा गोली प्रहार गरि हत्याको प्रयास गरिएको हो ।

 

उक्त घटनामा थप ४ जना घाइते र कसैको मृत्यु भने नभएको बताइएको छ । इमरान खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन तर उनका एकजना सहयोगीले भने उनी खतरामा नरहेको बताएका छन्।

सत्तरी वर्षिय खान चुनावको माग गर्दै विरोध र्‍यालीमा सहभागी भएका थिए । एएफपी समाचार संस्थासँग बोल्दै उनका वरिष्ठ सहयोगीले भने, “यो उनको हत्या गर्ने प्रयास थियो।”