October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम सम्पन्न

२०७९ मंसिर १४

592

काठमाडौं: वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सदस्य एवं सोही पार्टीको जनवर्गीय संगठन जात व्यवस्था उन्मुलन मोर्चाका सचिव महावीर विश्वकर्माको स्मरण तथा समवेदना कार्यक्रम काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको भवनमा सम्पन्न भएको छ ।

 

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा महावीर विश्वकर्माको जिवनीमा आधारित डकुमेन्ट्री भिडियोको प्रदर्शन गरिएको थियो भने उनी आफैले लेखेका कविता र उनको स्मरणमा लेखिएका कविता एवं गीत वाचन गरिएको थियो । त्यस्तै कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती,जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सदस्य रुपा सुनार लगायतका विभिन्न व्यक्तिहरुले उनको स्मरण गर्दै सम्बोधन गरेका थिए ।

 

चर्चित रेडियो कार्यक्रम `बहकिने मन´ को प्रस्तोता समेत रहेका महावीर विश्वकर्माको गत मंसिर ६ गते सवारी दुर्घटनामा परि निधन भएको थियो ।