October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

माग पुरा नभए वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले CTEVT मा तालाबन्दी गर्ने

२०७९ माघ २३

894

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन मधेश प्रदेशले CTEVT को मधेश प्रदेश कार्यालयका प्रमुख समक्ष मागपत्र र ज्ञापनपत्र पेश गरेको छ । सोमबार धनुषाको जनकपुर स्थित प्रदेश कार्यालयमा विशेष छात्रवृत्तीमा अध्ययन गरिरहेका विद्यार्थीहरुको निर्वाह भत्ता उपलब्ध नगराएको,तोकिएको समयमा परिक्षा नभएको र समयमै नतिजा प्रकाशित नभएको समस्यालाई लिएर विद्यार्थीहरुले २ दिनभित्र आफुहरुको माग सम्बोधन गर्न माग गर्दै उक्त मागपत्र र ज्ञापनपत्र बुझाएको हो ।

यसअघि आईतबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको वि.पी मेमोरियल पोलिटेक्निक ईन्स्टिच्युट मुल इकाई समितिले आन्दोलन समेत गरेको थियो । आन्दोलनका क्रममा प्रशासनले ईन्स्टिच्युट परिसर भित्रै प्रहरी खटाएको र विद्यार्थीहरुलाई डर,धाक र धम्की समेत दिएको विद्यार्थीहरुको आरोप छ ।

विद्यार्थीहरुले आफ्ना समस्याहरुलाई पटकपटक CTEVT को केन्द्रीय कार्यालयमा नै जानकारी गराउँदा समेत बेवास्ता गरिएकाले उक्त आन्दोलन गर्नुपरेको र अबको २ दिनभित्र उक्त समस्याहरुको सम्बोधन नभएमा तालाबन्दी गरी पठनपाठन नै ठप्प पारेर आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।