August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

मिटर ब्याजविरुद्धको न्याय मार्चमा वैज्ञानिक समाजवादी किसान केन्द्रको ऐक्यबद्धता

२०८० फाल्गुन १०

814

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको किसान संगठन वैज्ञानिक समाजवादी किसान केन्द्र, नेपालले मिटर ब्याजविरुद्धको न्याय मार्चमा ऐक्यबद्धता जनाएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै किसान केन्द्रले उक्त ऐक्यबद्धता जनाएको हो ।

सरकारले मिटर ब्याजको समस्यालाई समाधान गर्नुको साटो उल्टै गिजोलेको भन्दै किसान केन्द्रले त्यसको अन्त्य गर्न फेरि एकपटक संघर्षको आँधीबेहेरी सिर्जना गर्न आवश्यक रहेको बताउँदै वित्तीय शोषण र उत्पीडन विरुद्धको ‘न्याय मार्च’ प्रति ऐक्यबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै किसान केन्द्रले न्याय मार्चमा सक्रियतापूर्वक सहभागी हुनका लागि किसान केन्द्रका सम्पूर्ण सदस्यहरू तथा आम न्यायप्रेमी जनसमुदायमा आह्वानसमेत गरेका छन् ।

यस्तो छ विज्ञप्तिः