June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

राष्ट्रपतिको सवारीमा नागरिकलाई असुविधा नहुने व्यवस्था गरौंः महामन्त्री थापा

२०७९ माघ २८

446

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशिष्ट व्यक्तिहरुको सुरक्षासम्बन्धी कार्यविधि बदल्नुपर्ने बताएका छन् । उनले राष्ट्रपति र अरु विशिष्ट व्यक्तिहरुको सवारीका बेला नागरिकलाई असुविधा पुर्‍याउन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् । शनिबार दिउँसो उनले फेसबुकमा लेखेका छन्, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ ।’

राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको भन्दै महामन्त्री थापाले यसो हुनुमा तामझाम शैली पनि एक भएको बताए । ‘संस्थालाई सम्मानित र मर्यादित बनाउन ‘नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ’ उनले भनेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा फुटपाथमा हिँडिरहेका ट्रमा सेन्टरका डाक्टरलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो । थापाले उक्त घटनाको दोषीलाई कारबाही गर्नुपर्ने भनी सार्वजनिक रुपमा उठेको मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् ।