September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

लोकतन्त्रलाई बलियो बनाउन जनताले फैसला गर्ने बेला आयो:घनश्याम भुसाल

२०७९ कार्तिक २६

512

काठमाडौं: रुपन्देही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले देश बनाउने र लोकतन्त्रलाई बलियो बनाउन जनताले फैसला गर्ने बेला आएको बताएका छन ।

शनिबार रुपन्देही क्षेत्र नं.१ अन्तर्गत देवदह नगरपालिकामा घरदैलो गर्ने क्रममा भुसालले संविधानलाई सफल कार्यन्वयन गर्दै मुलुकलाई विकासको बाटोमा अघि बढाउने वा संविधान मास्नेको पक्षमा लाग्ने भन्ने फैसला जनताले गर्ने बेला आएको बताएका हुन् ।

उनले आफ्नो अहंकार र दम्भका कारण केपी ओलीले लोकतन्त्र र संविधान विरोधी काम गरेको आरोप लगाए । एमाले परित्याग गरी गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवार बनेका भुसालले देशको विकासलाई द्रुत गतिमा अघि बढाउन र विकासको हिसावले रुपन्देहीलाई देशकै नमुना जिल्ला बनाउन आफु उम्मेदवार बनेको बताएका छन् ।