काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लोकतान्त्रीक व्यवस्थालाई संस्थागत गर्नका लागि निर्वाचन नै महत्वपूर्ण माध्यम भएको बताएका छन् ।
रौतहट सदरमुकाम गौरस्थीत श्रीराम जानकि कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै अध्यक्ष नेपालले निर्वाचनका माध्यमबाट आफैलाई शासन गर्ने व्यक्ति जनता आफैले रोज्नुपर्नेभएकाले ध्यानपूर्वक मतदान गर्नुपर्ने समेत बताएका हुन् ।
सत्ताको आडमा निरंकुश लादेर कहिले पनि जनताको सामना गर्न नपर्ने दिनहरु अव फर्केर नआउने उनको भनाई छ । अध्यक्ष नेपालले मुलुकमा निरंकुश व्यवस्था लागू गर्ने प्रयासहरुलाई आफुहरुले असफल बनाएको धारणा पनि राखेका छन् ।
उनले आफ्नै जिल्लामा मतदाताको बीचमा मत खसाल्नुपाउदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।




