October 8, 2026, Thursday
२०८३ आश्विन २२
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

शिक्षा र स्वास्थ्यलाई केन्द्र बनाएर विकास गर्नुपर्ने जसपा अध्यक्ष यादवको भनाइ

२०७९ कार्तिक १८

594

सप्तरी:जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जिल्लालाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाइ विकास कार्यलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

सप्तरीको राजविराजमा अवस्थित गजेन्द्र नारायण सिं अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग बिहीबार भेटघाटको क्रममा उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निर्माण कार्य अगाडि बढेसँगै सप्तरी जिल्लाको विकासको आधारशिला प्रारम्भ भएको बताए।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष यादवले सप्तरीमा विशिष्ट सेवा भएको अस्पतालको रुपमा पूर्वाधार निर्माणको कार्य अगाडि बढिसकेको बताए । साथै उनले प्रदेश १ अन्तर्गत विराटनगर र धरानले विकासको गति लिएको चर्चा गर्दै रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्वी नेपालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिको ठूलो मेडिकल केन्द्रको रुपमा विकास गर्नुपर्नेमा समेत जोड दिएका छन् ।