August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

श्रमिक विरोधी शासक विरुद्ध जन कारबाहीमा उत्रन्छौंः वैज्ञानिक समाजवादी ट्रेड युनियन !

२०७९ आश्विन ३०

474

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले फुटपाथ र सडकपेटीलाई व्यवस्थित बनाउने भन्दै पछिल्लो समय फुटपाथका व्यापारीहरुलाई नगर प्रहरी नै परिचालन गरेर हटाउने काम गरिरहेको छ । सडकपेटीमा व्यापार गरेर आफ्नो जिविका चलाईरहेका श्रमजीवीहरुलाई महानगरले जबर्जस्ती बलप्रयोग गरेर हटाउन थालेसंगै मेयर बालेन शाह र सिंगो महानगरपालिकाकै यत्तिबेला सर्वत्र आलोचना भईरहेको छ ।

यसैक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको जनवर्गीय संगठन ‘वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघ’ले पनि शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक विरोधी शासकलाई जन कारबाही सहित संघर्षमा उत्रने चेतावनी दिएको छ । ‘‘श्रमिकहरुलाई स्वास्थ्य,शिक्षा तथा रोजगारमा पहिलो प्राथमिकता दिनुको सट्टा दलाल पुँजीवादीहरुको व्यापारिक अभिष्ट पूरा गर्ने उद्देश्यका साथ वर्गीय पक्षधरताका आधारमा आन्तरिक प्रशासन लगाएर श्रमिकहरु माथि धरपकड गर्ने तथा रोजीरोटी समेत बन्द गर्दै श्रमबाट विस्थापित गर्ने मेयर बालेन शाहको हर्कत प्रति हाम्रो ध्यानाकर्षण भएको छ’’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्ति: