September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रधानमन्त्री देउवाको भनाइ

२०७९ कार्तिक २५

708

काठमाडौंःप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धनलाई निर्वाचनमा बिजयी गराउनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौं क्षेत्र नम्बर १० सतुंगलमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले पटक पटक संसद विघटन गरेपछि गठबन्धनले जोगाएको भन्दै अगामी दिनमा संविधान रक्षाका लागि विजयी गराउनुपर्ने बताएका हुन् । उनले नेपाली जनताको लामो लडाँईपछि स्थापित भएको लोकतन्त्रलाई स्थायी राख्नुपर्ने अहिलेको आवश्यकता रहेको जिकिर गरे ।

देउवाले देशलाई स्थायी शान्ति र लोकतन्त्रलाई मजबुत बनाउन १० देखि १५ वर्षसम्म गठबन्धनलाई अघि बढाउनुपर्ने धारणा राखे । मंसिर ४ गते हुने निर्वाचन नेपालको भाग्य र भविष्य फैसला गर्ने उपयुक्त माध्यम भएको उनको भनाई छ । प्रधानमन्त्री देउवाले कलंकी देखि थानकोटसम्म सडक विस्तारका क्रममा अन्याय परेकालाई मुआव्जा उपलव्ध गराईने धारणा राखे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले संविधानको रक्षाका लागि प्रतिगमनलाई पराजित गर्दै अग्रगमनका लागि गठबन्धनलाई बिजयी गराउनुपर्ने बताए । त्यस्तै राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले एमाले बिजयी भए मुलुकमा फेरी प्रतिगमनको खतरा हुने भएकाले निर्वाचनलाई होसियारीपूर्वक उपयोग गर्नुपर्ने धारणा राखेका छन् ।