May 14, 2026, Thursday
२०८३ बैशाख ३१
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

सञ्चारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा परी निधन

२०७९ मंसिर ६

2.4K

काठमाडौं : चर्चित रेडियो कार्यक्रम प्रस्तोता एवम वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सदस्य महावीर विश्वकर्माको निधन भएको छ । प्रहरीका अनुसार आज बिहान चितवनको राप्ती नगरपालिका–६ हर्दीचोकमा बिग्रेर रोकिराखेको ना२ख ८५२२ नम्बरको ट्रकसँग बा४ख ४१२ नम्बरको माइक्रो ठोक्किँदा विश्वकर्माको निधन भएको हो ।

उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । विश्वकर्माको रेडियो कार्यक्रम ‘बहकिने मन’ स्रोतामाझ निकै चर्चित छ । त्यस्तै, माइक्रोकोमा सवार चालकसहित ५ जना घाइते भएका छन् । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा चितवन राप्ती–५ का २१ वर्षीय आयुष तामाङ, सोही स्थानका हाइस चालक २६ वर्षीय शंकर चौधरी, २६ वर्षीय उज्ज्वल मैनाली, ४६ वर्षीय जवारीलाल बिक र धादिङको रोराङ गाउँपालिका–५ का २१ वर्षीय कुशल बिसुराल घाइते भएका छन् ।