August 27, 2026, Thursday
२०८३ भाद्र ११
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

सांसद भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

२०७९ फाल्गुन १०

438

काठमाडौंः आगलागीमा घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा. अमोल मात्रेका अनुसार एण्टिबायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ । उनका अनुसार ५ लिटर अक्सिजनमा मात्र राखिने भनिएता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने प्यारामिटरहरू नर्मल रहेको छ ।

पछिल्लो समयमा भण्डारी बोल्न पनि थालेका छन । ‘डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनी बोलाउनु भयो, यहाँ म सँग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो,’ मुम्बईमा रहेका योगराज कँडेलले भने । गत बिहीबार शंखमुलस्थित निवासमा ग्याँस लिक हुँदा आगलागीमा परेर गम्भिर घाइते भएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भिर घाइते भएकी उनकी आमाको भने निधन भएको थियो ।