September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख र स्टोरकिपरसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा

२०७९ माघ १३

382

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख  र स्टोरकिपरसहित  तीन जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ।

अख्तियारले तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाही र तत्कालीन स्टोर किपरसहित ३ जना विरुद्ध झुट्टा बिल भरपाई बनाएको भन्दै मुद्धा दायर भएको हो। बिहीबार  आयोगले औषधि खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा तीन जना विरुद्ध मुद्धा दायर गरेको हो।

तत्कालीन प्रमुख शाहीसहित जिल्लाका अन्य कार्यक्रम सुपरभाइजर, लेखा प्रमुख, स्टोर प्रमुखको मिलेमतोमा कार्यालयमा सामान नल्याएर फर्जी खरिद तथा दाखिला आदेश तयार गरी विलमात्र खरिद गरी कार्यालयको संचालन बजेट खर्च गरेको भन्ने उजुरी निवेदन परेको थियो। सो उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख शाही र स्टोरकिपर गोविन्द खनालले फार्मेसीबाट युटुलिटी ग्लोभ्स समेतका मेडिकल सामग्रीहरु खरिद नै नगरेको पाइएको अख्तियारले जनाएको छ।

मेडिकल सामग्रीहरु खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरु तयार गरी भुक्तानी लिने दिने कार्य गरेको पुष्टि हुन गएको अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धामा उल्लेख छ। आरोप दायर पत्रमा  शाहीले कार्यालयको खर्चबाट खरिद गरेको ७ हजार ७ सय ७ रुपैयाँ बराबर रकमको औषधि आफ्नो व्यक्तिगत प्रयोजनको लागि खरिद गरी भुक्तानी समेत लिई सरकारी सम्पत्तिलाई निजी प्रयोगमा लगाएर हानी नोक्सानी पुर्‍याएको पुष्टि हुन आएको उल्लेख छ।