June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

हत्या आरोपी १७ वर्षपछि पक्राउ

२०७९ माघ १६

384

काठमाडौं । भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७ वर्षपछि पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका-९ ताँथलीस्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका कृष्ण योगीको हत्याको आरोपमा दुई जना पक्राउ परेका हुन् । घटनामा संलग्न एक अझै फरार छन् ।