August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

४४ वर्षे हिपकिन्स न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री बन्ने

२०७९ माघ ७

410

काठमाडौंः क्रिस हिपकिन्स न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। लेबर पार्टीबाट नेतृत्वका लागि एक मात्र उम्मेदवार बनेसँगै ४४ वर्षे हिपकिन्सले प्रधानमन्त्रीमा जेसिन्डा अर्डर्नको ठाउँ लिने पक्का भएको बीबीसीले जनाएको छ। सन् २००८ मा पहिलो पटक सांसद चुनिएका उनी नोभेम्बर २०२० मा कोभिड १९ विशेष मन्त्री बनेका थिए। हिपकिन्स अहिले प्रहरी, शिक्षा तथा सार्वजनिक सेवा मन्त्री छन्।

शुक्रबार अर्डर्नले आगामी महिनाबाट प्रधानमन्त्री पद छोड्ने घोषणा गरेकी थिइन्। उनले पदछोडेसँगै हिपकिन्स न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्री बन्नेछन्। न्युजिल्याण्डमा आगामी अक्टुबरमा आम चुनाव हुँदैछ। प्रधानमन्त्री बन्नुअघि उनलाई प्रतिनिधिसभामा लेबर पार्टीको औपचारिक समर्थनको आवश्यकता पर्नेछ। यदि उनले उक्त समर्थन पाएमा अर्डर्नले ७ फेब्रुअरीमा गभर्नर जनरललाई राजीनामा बुझाउने छिन्। त्यसपछि हिपकिन्सलाई नियुक्त गरिनेछ।