काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटक नेकपा एमालेबाहेकको राष्ट्रिय शक्ति जनताले बनाउन नहुने बताए । उनले एमालेलाई राष्ट्रिय शक्ति बनाइएन भने र एकल बहुमत आएन भने देश दुर्भाग्यमा जाने जिकिर गरेका छन् ।




