September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै

२०७९ कार्तिक १८

624

काठमाडौंः अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा आज शुक्रबार दुई खेल हुदैछन् । एडिलेटमा हुने पहिलो खेलमा आयरल्याण्ड र न्युजिल्याण्ड खेल्दैछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बिहान पौने १० बजे सुरु हुनेछ । दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो ।

न्युजिल्याण्ड आजको खेलमा सहज जित सहित सेमिफाईनल प्रवेश गर्न चाहान्छ । उता, इंग्ल्यान्डलाई पराजित गरि लयमा रहेको आयरल्याण्ड पनि कमजोर नरहेकाले खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।

दुई टोलीले हाल सम्म टी–ट्वान्टीमा चार खेलमा प्रतिस्पर्धा गरेका छन् । चारै खेलमा न्युजिल्याण्ड विजयी भएको छ । सुपर १२ को अन्तिम खेल भएकाले दुवै टोली जित सहित प्रतियोगिताको सुपर १२ सक्न चाहन्छन् ।

आजै हुने दोस्रो खेलमा अष्ट्रेलिया र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । एडिलेटमा हुने दुई टिमबीचको खेल पौने २ बजे सुरु हुनेछ । दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । अष्ट्रेलिया आजको खेलमा सहज जित सहित सेमिफाईनल सम्भावना बलियो बनाउँन चाहन्छ ।

उता, प्रतियोगिताबाट बाहिरिसकेको अफगानिस्तान सान्त्वना जित सहित प्रतियोगिता टुङ्गाउन चाहन्छ । दुई टोलीले हाल सम्म टी–ट्वान्टी अन्तराष्ट्रियमा खेलेका छैनन् ।