September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

रायो भालोकानोद्वारा रियल मड्रिड पराजित

२०७९ कार्तिक २२

590

काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । सोमबार राति भएको खेलमा रियललाई रायो भालेकानोले ३-२ को गोल अन्तरले हराएको हो ।

खेलको पाँचौं मिनेटमा सान्टि कमसानाले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४१ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । ४४ औं मिनेटमा अल्भारो ग्रासियाले गोल गर्दै भालेकानोलाई २-२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा ओस्कार ट्रेजोले गोल गर्दै भालेकानोलाई ३-२ को जित दिलाए ।
यस जितसँगै भालेकानोले १३ खेलमा २१ अंक जोडेको छ ।भालेकानो आठौं स्थानमा रहेको छ । हारसँगै रियलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।