August 20, 2026, Thursday
२०८३ भाद्र ४
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

२०७९ माघ ४

988

काठमाडौंः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन्। बुधबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री यादव जसपा संसदीय दलका नेता हुन्। उनलाई मुख्यमन्त्री हुँदा सत्ता साझेदार दलहरूका ७२ जना सांसदले सहयोग गरेका थिए।्

मधेस प्रदेशमा १०५ जना सांसद छन्। मुख्यमन्त्री नियुक्त हुँदा यादवलाई समर्थन नगरेको नेपाली कांग्रेसले पनि आज विश्वासको मत दिने सम्भावना रहेको छ । मधेसको मुख्यमन्त्रीमा जसपा र जनमत पार्टीबीच आलोपालो हुने समझदारी बनेको थियो ।