September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

चिनियाँमा आजबाट नयाँ वर्ष सुरू

२०७९ माघ ८

272

एजेन्सीः चन्द्रमासमा आधारित चिनियाँ नयाँ वर्ष आज  (आइतबार) बाट सुरू भएको छ । चिनियाँहरुले वसन्त उत्सव भन्ने यो पर्व २ हप्तासम्म मनाउने गर्दछन् ।

कोरोनाका कारण पछिल्ला ३ वटा नयाँ वर्ष मनाउन नपाएका चिनियाँहरुले यस पटक धुमधामसँग खरायो वर्गको नयाँ वर्षलाई स्वागत गरिरहेका छन् । चीनमा नयाँ वर्षको अवसरमा एक हप्ता लामो बिदा हुने गर्छ ।

चीन मात्रै नभई सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया, लाओस, थाइल्याण्ड र मंगोलियासहित दक्षिण पूर्वीएशियाका अधिकांश देशहरुमा यो पर्व मनाउने गरिन्छ । विश्वभर डेढ अर्ब भन्दा बढी मानिसहरुले यो पर्व मनाउने भएकाले विश्वकै ठूलो पर्वको रुपमा पनि लिने गरिन्छ ।

करिब १ अर्ब चिनियाँहरुले यो पर्वको अवसरमा यात्रा गर्ने अनुमान गरिएको छ । चीन सरकारले गत महिना कोभिड नीति खुकुलो बनाएकाले नयाँ वर्षको अवसरमा करोडौं चिनियाँ परिवारबीच पुनर्मिलन हुने भएको छ ।

नयाँ वर्षको स्वागतका लागि चीन लगायतका देशहरुमा सडक महोत्सवहरु समेत भइरहेका छन्।