June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

गरी खान चाहनेहरूको बाँच्नै नसक्ने अवस्था आयोः सीके राउत

२०७९ माघ ११

382

काठमाडौंः सत्तारुढ जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले प्रेम आचार्यको आत्मदाह प्रकरणले गरेर खान चाहनेका लागि देशमा बाँच्नै नसक्ने अवस्था र‍हेको स्पस्ट पारेको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको घटनाप्रति दुख व्यक्त गर्दै उनले नयाँ पार्टी र पात्रले समेत केही आशा जगाउन नसक्नु दुःखद भएको बताएका छन्।

रावतले अल–तैयब मोहम्मद बौउजीजीको आत्महदाहले ल्याएको अरब क्रान्ति जस्तै नेपालमा पनि आचार्यको आत्मदाहबाट भ्रष्टाचार, नेतातन्त्र र कर्मचारीतन्त्रको विरुद्धमा क्रान्ति ल्याउने हो कि भन्ने आशा गरेका छन्।