June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

प्रेमप्रसाद आचार्यको आत्मदाह राज्य संयन्त्रकै असफलताः महामन्त्री थापा

२०७९ माघ ११

376

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु राज्य संयन्त्रकै असफलताका कारण भएको बताएका छन् । बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै उनले यो नेपालको राज्य संयन्त्र, समग्र सिस्टम र सिस्टम चलाउनेहरुको असफलता भएको बताएका हुन् । कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र सिस्टम ठीक नहुने बताउँदै उनले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन सिस्टमको मर्मत गर्ने अठोट चाहिएको बताए ।

‘अब आरोप प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भने मात्र यस्तो निराशा र विस्मय कोही नागरिकले भोग्नु नपर्ला’ उनले लेखेका छन् ।