June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

राष्ट्रियसभा उपाध्यक्षको चुनाव यही २३ माघमा

२०७९ माघ १३

372

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षको चुनाव यही २३ माघमा हुने भएको छ ।

राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले २३ माघ सोमबार बिहान ११ः५९ बजे राष्ट्रिय सभाका उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् ।

साथै उनले निर्वाचन कार्यक्रम प्रकाशित गर्न संघीय संसद  सचिवालयका महासचिव भरतराज गौतमलाई निर्देशन दिएका छन् । निर्देशनसँगै चुनावी तालिका पनि सार्वजनिक गरिएकाे छ ।

योसँगै अब २१ फागुन २०७८ देखि रिक्त रहेको राष्ट्रिय सभाको उपाध्यक्षको पदपूर्ति हुने भएको छ ।