काठमाडौंः महिला मुक्तिको नयाँ वैचारिकी स्वरुप प्रकाशित त्रैमाशिक पत्रिका अपराजिता पारिजातको दोश्रो अंकको अन्तरक्रिया कार्यक्रम शनिवार बुटवलमा सम्पन्न भएको छ । प्रकाशक राजेश्वरी सुवेदी, लेखक रन्जु रेग्मी र डा. सन्जिव उप्रेती ,वामपन्थी लेखक दिल साहनी, लैङ्गिक उत्पिडन र समानता विषयकी अध्येता माया घिमिरे, लेखक एवं अध्येता रामचन्द्र श्रेष्ठ, कवि गिरि श्रीस लगायतले उक्त पुस्तकको चर्चा परिचर्चा गर्नुका साथै निरन्तरताको शुभकामना व्यक्त गरेका थिए।
अन्तरक्रिया कार्यक्रममा समकालीन महिलाका मुद्दा समस्याको उठान र समाधानको वैचारिकी विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बुद्धिजीवी,बुटवलका पाठक, अध्येता, सामाजिक सरोकारवाला, महिला आन्दोलनका अभियान्ता लगायतका विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको सन्चालन भने सम्पादक सुमिना ले गरेकी थिइन्।