September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

शिक्षक नहुँदा धनुषामा विद्यार्थी आन्दोलित,नियुक्तिमा राजनीतिक खिचातानी

२०७९ माघ २२

586

काठमाडौंः विद्यालयमा शिक्षक माग गर्दै धनुषाको बटेश्वर गाउँपालिकाका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । साउन महिनादेखि शिक्षक अभावमा तीनवटा विषय पढाइ नभएको भन्दै वडा नम्बर १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरुले आन्दोलन सुरू गरेका हुन्। वडा कार्यालय घेराउ गर्न पुगेका आन्दोलित विद्यार्थीले कार्यालयमा जनप्रतिनिधि नदेखेपछि आइतबार दिउँसो वडा कार्यालयमा तोडफोड नै गरेका छन्।

उनीहरूले स्थानीय जनप्रतिनिधिविरूद्ध नाराबाजी गर्दै वडा कार्यालय अगाडि सडक अवरुद्ध गरी केहीबेर टायर बालेर प्रदर्शन गरेका थिए । प्रधानाध्यापक श्याम सिंहले आफू शिक्षक व्यवस्थापन गर्न नसक्ने जवाफ दिएपछि बाध्य भएर आन्दोलन गर्न आएको विद्यार्थीको भनाइ छ। उनीहरूले लामो समयदेखि वडाध्यक्ष र प्रधानाध्यापकसंग अंग्रेजी, समाजिक र विज्ञान विषयको शिक्षक माग गरिरहेका छन्।

तर राजनीतिक खिचातानीले विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा शिक्षक भर्ना हुन सकेको छैन । गाउँपालिकाले शिक्षक पठाएपनि विपक्षी दलका स्थानीय नेताले उनीहरूलाई पढाउन नदिएको वडाध्यक्ष अशोक महतोको भनाइ छ। एसइई परीक्षा हुन डेढ महिना मात्र बाँकी रहँदा पनि पढाइ नहुँदा बाध्य भएर आन्दोलन गर्नुपरेको विद्यार्थीहरुको भनाइ छ।