September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट

२०७९ फाल्गुन ४

280

काठमाडौंः साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से २०७० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २१.१५ अंक घटेको हो । दिनभर १ अर्ब ६८ करोडको कारोबार भयो । बुधबार १ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो ।

कुल १५ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो भने ४ को स्थिर रहृयो । सबै उपसमूह ओर्लिएका छन् । बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स २५, होटल तथा पर्यटन ३९, जलविद्युत् ३७, जीवन बीमा १४४, उत्पादन १०१, माइक्रोफाइनान्स ५६, निर्जीवन बीमा १२४, अन्य ०.४ र ब्यापार उपसमूह ३३ अंक घटे । राप्ती हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.२३ प्रतिशत बढ्यो । युनिलिभरको मूल्य सबैभन्दा धेरै ५.९१ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, अपी पावर, ङादी ग्रुप, महिला लघुवित्त, नबिल बैंक त्रमशः अगाडि रहेका छन् ।