September 12, 2024, Thursday
२०८१ भाद्र २७
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
थाहा संवाददाता

बुधबार सुनको मूल्य स्थिर, चाँदीको भने सामान्य वृद्धि

२०७९ फाल्गुन १०

256

काठमाडौंः नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । बुधबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार स्थिर रहेको हो । त्यसैगरी, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।