May 14, 2026, Thursday
२०८३ बैशाख ३१
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

नेपाल प्रहरीका डीआईजी अशोक सिंहले दिए राजीनामा

२०७९ फाल्गुन १०

422

काठमाडौं  । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले पदबाट राजीनामा दिएका छन् ।

सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखसमेत रहेका उनले बुधबार प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् ।

आउँदो चैत ११ पछि नियुक्त हुने प्रहरी महानिरीक्षकको दाबेदारीको रुपमा रहेका सिंहले राजीनामा दिएसँगै अब महानिरीक्षकको दौडमा डीआईजी टेकप्रसाद राई, वसन्त कुँवर, दीपक थापा देखिनेछन् ।