September 10, 2026, Thursday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
thaha_sanchar

राष्ट्रपति निर्वाचन सम्बन्धमा कुनै पार्टीले प्रस्ताव गरेको छैन: खनाल

२०७९ फाल्गुन १०

440

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पार्टीका कसैलाई पनि राष्ट्रपतिको अफर नगरेकाले यो बिषयको ‘च्याप्टर क्लोज’ भएको बताएको छ ।

आन्दनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठक पछि नेकपा एसका नेता झलनाथ खनालले राष्ट्रपतिका लागि कसैले प्रस्ताव नगरेकाले सो बिषयको ‘च्याप्टर क्लोज’ भएको बताएका हुन् ।

‘सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गर्नुभयो, राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे केही भन्नु भएन त्यसकारण यो हल्ला मात्रै रहेछ भन्ने बुझ्नुपर्‍यो,’ खनालले बैठक पछि भने, ‘राष्ट्रपति निर्वाचन सम्बन्धमा कुनै पार्टीले प्रस्ताव गरेको छैन, यो च्याप्टर क्लोज भयो। कसैले प्रस्ताव गरे धारणा बनाउने हो।’

उनका अनुसार संसदमा रहेका सबै दलहरूसँग राष्ट्रतिका बिषयमा छलफल गर्ने भन्ने निर्णय भएको छ ।