त्यस्तै प्राध्यापक नारायणी देवकोटाले विवाह संस्था हटाउनुपर्ने वा विवाह संस्थाभित्र भएका विभेद हटाउनुपर्ने भन्ने विषयमा स्पष्ट हुनुपर्ने धारणा राखिन् । प्राध्यापक डा. युवराज लुइटेलले इतिहासमा विवाह संस्थाको सुरुवात जेजसरी भएपनि वर्तमानमा विभेदरहितको विवाहलाई कायम राख्नुपर्ने बताए ।
त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालका महासचिव आहुतिले विवाह संस्था नै भत्काउनु पर्ने र विवाह संस्था भत्काएपछि मात्रै महिला र पुरुषको सुन्दर सहजीवनको सुरुवात हुने धारणा राखे । पितृसत्तावादी पुरुषको आवश्यकताले जन्मेको विवाह संस्थालाई खारेज गर्नुपर्ने उनको मत थियो ।
लेखक तथा सम्पादक कैलाश राईले महिलामाथि हुने उत्पीडनका कारण विवाह संस्थालाई खारेज गर्नुपर्ने आवश्यकता रहेको तर राज्यको नीति नियमहरु भने विवाह संस्थामै आधारित भएका कारण तत्काल लागु हुन नसक्नाले खारेज गर्नुपर्ने विषयमा बहस गर्दै जानुपर्ने धारणा राखेकी थिईन् ।