अर्को चुनावसम्म माओवादी पार्टी फेरी शक्तिशाली हुन्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौंः प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को निर्वाचनसम्म पार्टी फेरि शक्तिशाली हुने बताएका छन् । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको भविष्य उज्जवल देखिरहेको बताएका हुन् । ‘अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ। देशको बैकल्पिक शक्ति हामी...