काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
भोलि बिहान साढे १० बजे बस्ने बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल हुने नेताहरूले बताएका छन् ।
संघीय संसद् भवनको शंकर दलमा बैठक बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका छन् । यसअघि कांग्रेसले गत पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएको थियो । एमाले लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि उनले फेरि विश्वासको मत लिन लागेका हुन् ।