काठमाडौंः मुगु जिल्ला सदरमुकाम गमगढी बजारबाट काठमाडौँसम्म सिधा बस सेवा सुरु भएको छ । मुगुमा पहिलो पटक गमगढी-काठमाडौँ सिधा बस सेवा सुरु भएको हो । क्षेत्रीय कार्यालय नेपालगञ्ज रहेको भेरी यातायात र बागेश्वरी यातायातले संयुक्त रूपमा गमगढी बजारमा कार्यालय स्थापना गरी शुक्रवार विधिवत् रूपमा उद्घाटन गरेका छन् । यी यातायतले अब गमगढीदेखि सुर्खेत,नेपालगन्ज हुँदै काठमाडौँसम्म बस सञ्चालन गर्नेछन्।
मुगु २०६९ सालमा केन्द्रीय सडक सञ्जालमा जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईले यो सडकको उद्घाटन गरेका थिए । राजधानीसँग सिधै बस सेवा सुरु भएसँगै नेपालकै ठुलो ताल रारा र छायाँनाथ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने छ।