काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,दोलखाको प्रथम मेलुङ गाउँपालिका भेला सम्पन्न भएको छ । बुधबार दोलखाका मेलुङ गाउँपालिकामा भएको भेलामा मोर्चाका केन्द्रीय सदस्य जीतमान घताने र उपत्यका सम्पर्क समिति सदस्य वसन्त विश्वकर्माको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले संयोजकमा अध्यक्षमा सुरेश घताने,उपाध्यक्ष चेतना सुनेल,सचिवमा रविन खाति र कोषाध्यक्षमा केदार घताने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा जानुका विश्वकर्मा खाति,अर्जुन घताने,सुजन घताने,संगिता घताने,सम्भु घताने र रितु घताने रहेका छन् ।
हाल मोर्चाले आगामी वि.स. २०८० सालको जेठ १०,११ र १२ गते हुने दोस्रो राष्ट्रिय भेलालाई लक्षित गरी देशैभरी संगठन विस्तार गर्दै विभिन्न जिल्ला र प्रदेशहरुको भेला गर्दै आइरहेको छ ।