काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको धादिङ जिल्ला भेला सम्पन्न भएको छ । मंगलबार धादिङको सदरमुकाम धादिङबेशीँमा जात व्यवस्था उन्मूलन मोर्चाका केन्द्रीय संयोजक राजकुमार हिङमाङ,केन्द्रीय सदस्यहरु हिक्मत विश्वकर्मा,लक्ष्मी विश्वकर्मा र प्रेम सुनारको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।
भेलाले ११ सदस्यीय जिल्ला.समितिको गठन गरेको छ । जस अनुसार संयोजकमा प्रमिता परियार रहेका छन् भने सदस्यहरुमा राम बहादुर विश्वकर्मा,लक्ष्मण विश्वकर्मा,गणेश बराईली,अस्मिता विश्वकर्मा,भुमिका विश्वकर्मा,शान्ता रोक्का र निर्मला बराईली रहेका छन् । त्यस्तै जिल्लाको सल्लाहकारमा राम बहादुर बस्याल गुरूङ र कृष्ण दुधराज रहेका छन् ।
हाल मोर्चाले आगामी वि.स. २०८० सालको जेठ १०,११ र १२ गते हुने दोस्रो राष्ट्रिय भेलालाई लक्षित गरी देशैभरी संगठन विस्तार गर्दै विभिन्न पालिका, वडा,जिल्ला र प्रदेशहरुको भेला गर्दै आइरहेको छ ।
