June 9, 2026, Tuesday
२०८३ जेष्ठ २६
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

जात व्यवस्था उन्मू्लन मोर्चाको धादिङ जिल्ला भेला सम्पन्न

२०८० बैशाख १३

640

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,नेपालको धादिङ जिल्ला भेला सम्पन्न भएको छ । मंगलबार धादिङको सदरमुकाम धादिङबेशीँमा जात व्यवस्था उन्मूलन मोर्चाका केन्द्रीय संयोजक राजकुमार हिङमाङ,केन्द्रीय सदस्यहरु हिक्मत विश्वकर्मा,लक्ष्मी विश्वकर्मा र प्रेम सुनारको उपस्थितिमा उक्त भेला सम्पन्न भएको हो ।

भेलाले ११ सदस्यीय जिल्ला.समितिको गठन गरेको छ । जस अनुसार संयोजकमा प्रमिता परियार रहेका छन् भने सदस्यहरुमा राम बहादुर विश्वकर्मा,लक्ष्मण विश्वकर्मा,गणेश बराईली,अस्मिता विश्वकर्मा,भुमिका विश्वकर्मा,शान्ता रोक्का र निर्मला बराईली रहेका छन् । त्यस्तै जिल्लाको सल्लाहकारमा राम बहादुर बस्याल गुरूङ र कृष्ण दुधराज रहेका छन् ।

हाल मोर्चाले आगामी वि.स. २०८० सालको जेठ १०,११ र १२ गते हुने दोस्रो राष्ट्रिय भेलालाई लक्षित गरी देशैभरी संगठन विस्तार गर्दै विभिन्न पालिका, वडा,जिल्ला र प्रदेशहरुको भेला गर्दै आइरहेको छ ।