काठमाडौंः तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका ३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ ।
शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।