June 6, 2026, Saturday
२०८३ जेष्ठ २३
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

न्यायालयलाई पूर्णता दिन सरकारसँग केसीको माग

२०७९ फाल्गुन ३

364

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले न्यायालयलाई पूर्णता दिन सरकारसँग माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाएर न्यायालयलाई पूर्णता दिन माग गरेका हुन् ।

सर्वोच्च अदालत कामुको नेतृत्व रहेको वर्ष दिन भइसकेको भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल न्यायालयलाई पूर्णता दिन माग गरेका हुन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएपछि सर्वाेच्च अदालत कामुको नेतृत्वमा चलिरहेको छ ।