February 12, 2026, Thursday
२०८२ माघ २९
Nepal 1:37:26 pm
सत्य र तथ्यको खोजी यात्रा
Trending
थाहा संवाददाता

फोनिज काभ्रेले पत्रकारिता सम्बन्धि निःशुल्क तालिम संचालन गर्ने

२०७९ चैत्र १२

2.1K

काठमाडौंः काभ्रेको धुलिखेलमा निःशुल्क पत्रकारिता सम्बन्धी तालिम सञ्चालन हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० काभ्रे शाखाको आयोजनामा पत्रकारिता सम्बन्धि तीन दिने निशुल्क तालिम संचालन हुने भएको हो । नेपाल आदिवासी जनजाती महासंघ काभ्रेले जारी गरेको सुचना अनुसार यही चैत्र २४ गते देखि २६ गते सम्म तालिम संचालन हुनेछ ।

तालिममा ख्यातिप्राप्त प्रशिक्षकहरुबाट पत्रकारिता सम्बन्धि तालिम दिइने नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाले जानकारी दिए । अध्यक्ष थापाका अनुसार सबल,सक्षम र जुझारु आदिवासी जनजाति पत्रकारहरु जन्माउने उद्देश्यले आयोजना गरिएको तालिममा सहभागी भएर पत्रकारिता सम्बन्धि इच्छुक नयाँ वा पुरानो सबैले लाभ लिन सकिनेछ ।

तालिममा विशेषगरि खोज पत्रकारिता,मोबाइल जर्नलिजम र डिजिटल मिडिया सम्बन्धि तालिम दिइनेछ । तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काभ्रेका कार्यसमिति सदस्य रकमराज तामाङ र कपिल दनुवारलाई ९८४०८७७१७४ र ९८६०४६४५९१ मा सम्पर्क गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।