काठमाडौंः बर्दियाको बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्षलाई प्रहरीले जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर गरेको छ । प्रहरीका अनुसार उजुरी परेपछि वडा अध्यक्ष तुल प्रसाद गौतमआफैं प्रहरी कार्यालयमा आएर हाजिर भएका थिए ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराले गौतममाथि उजुरी परेपछि कारबाही प्रक्रिया अघि बढाइएको छ । घटनाका सम्बन्धमा मुद्दा दर्ता गराई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी बोहोराले बताए ।